९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कोरोना अस्पतालमा ज्यान गुमाएका कृष्णनगरका युवामा कोरोना देखिएन



मायादेवी अनलाइन, चार नम्बर ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा ज्यान गुमाएका कृष्णनगरका २५ बर्षीय युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले बुधबार राति सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार कृष्णनगर नगरपालिका वडा नं. १२ का २५ बर्षीय युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

बुधबार विहान स्वास्थ्य कार्यालयले कोरोना अस्पतालमा ज्यान गुमाएका कृष्णनगरका यी युवाको कोरोनाकै कारण ज्यान गएको बताए पनि रिपोर्ट नेगेटिभ आएको हो ।

बुधबार सदरमुकाम तौलिहवाका ४२ बर्षीय कृष्ण कुमार गुप्ताको कोरोनाका कारण निधन भएको थियो ।

कृष्णनगरका युवा प्रदीप तेलीको भने अन्य विरामीका कारण ज्यान गएको स्वास्थ्य कार्यालयले दाबी गरेको छ ।

यो पनि पढ्नुहोस् कोरोना अपडेट कपिलवस्तुः बुधबारमात्र १८ जना थपिए, संक्रमितको संख्याले ९ सय नाघ्यो

प्रकाशित मिति : २८ श्रावण २०७७ बुधबार ००:००  १० : ३२ बजे