मायादेवी अनलाइन, चार नम्बर ।
केही दिन रोकिएको मनसुनी गतिविधि फेरि सक्रिय भएको छ । लगातार बर्षा भएर जनजीवन प्रभावित भइरहेको बेला केहीदिन कम बर्षा भएको अवस्थामा बुधबार साँझबाट भने फेरि बर्षा सुरु भएको हो ।
कपिलवस्तु, रुपन्देही, पाल्पा, अघाँखाँची लगायतका जिल्लामा बर्षा सुरु भएको महाशाखाले जनाएको छ ।
अहिले हल्का बर्षा भएको र रातिमा भारी बर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद् विभूति पोख्रेलले आग्रह गर्नु भयो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसममा बदली आउने बताएको थियो । महाशाखाले कतै पानी पर्ने र कतै नपर्ने जनाएको छ । अझै केही दिन हल्कादेखि मध्यम बर्षा हुन सक्ने जनाइएको छ ।
प्रतिक्रिया