मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ मधुवनका दीपक पोख्रेलले उदाहरणीय कार्य गरेर आफ्नो जन्मदिन मनाएका छन् । २९ औँ जन्मदिनको अवसरमा दीपकले बाणगंगा र अर्घाखाँचीका दुई मृगौला पीडित र बाणगंगाकै एक ब्लड क्यान्सर पीडितलाई दश-दश हजारका दरले ३० हजार सहयोग गरेका हुन् ।
झुँगाका दुवै मृगौला पीडित हरि न्यौपाने, ठाकुरापुरका ब्लड क्यान्सर पीडित विष्णुहरी पोख्रेल, अर्घाखाँची भूमिकास्थान नगरपालिकाका दुवै मृगौला पीडित सन्तोष गैरेलाई नवप्रभात युवा क्लव ठाकुरापुरमार्फत् पोख्रेलले सहयोग गरेका हुन् ।
क्लवका अध्यक्ष मिलन चालिसेसहितको टोली रकम लिएर ती पीडित परिवारमा पुगेका थिए । युवाहरुलाई समाजसेवा र मानवीय कार्य गर्ने प्रेरित गर्ने उदेश्यले सहयोग गरेको पोख्रेलले मायादेवी अनलाइनसंग बताउनु भएको छ ।
कृष्ण प्रसाद पोख्रेल र लक्ष्मी भुषाल पोख्रेलका सुपुत्र दीपक अहिले बैदेशिक रोजगारीको शिलशिलामा माल्टामा छन् । साथै उनले बिभिन्न सामाजिक कार्य पनि गर्दै आइरहेका छन् ।
प्रतिक्रिया