मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा बुधबार साँझ थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार जिल्लामा १८ जनामा संक्रमण पुष्टि भएको हो ।
गत साउन २६ गते कपिलवस्तु अस्पतालबाट लिइएको ९१ नमुना मध्ये १८ जनामा कोरोना देखिएको हो । ६० जनामा कोरोना देखिएन भने १३ जनाको रिपोर्ट आउन बाँकी छ । बुधबार १८ जना संक्रमित थपिएसंगै जिल्लामा कूल संक्रमितको संख्या ९ सय १ पुगेको छ ।
यता बुधबार विहान मात्र जिल्लाका दुई जना कोरोना विशेष अस्पतालमा ज्यान गएको पुष्टि भएको थियो ।
उहाँहरुको सोमवार राति मृत्यु भएपनि बुधबार विहान मात्र कोरोनाका कारण ज्यान गएको पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।
बुटवलको धागो कारखानास्थित कोरोना बिशेष अस्पतालमा उपचारत तौलिहवाका एक र कृष्णनगरका एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
लक्षणसहितका बिरामी दुबै जनाले बिगत ५ दिन देखि बुटवलस्थित कोरोना बिशेष अस्पतालमा उपचार गराईरहनु भएको थियो । मृत्यु हुनेमा ४२ बर्षीय कपिलवस्तु नगरपालिका–२ जमुहरा टोलका राजु भन्ने कृष्ण कुमार गुप्ता र कृष्णनगर नगरपालिका– १० का २५ बर्षीय प्रदीप तेली रहेको श्रोतले जनाएको छ ।
यस्तै तौलिहवाका दुई जना कोरोना संक्रमितको अवस्था पनि गम्भीर रहेको छ । मस्जिद टोलका मासु व्यापारी र सागरटोलका एक पुरुष काठमाडौंमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले कपिलवस्तुका दुई कारोना संक्रमितको मृत्यु भएको बताउनुभयो ।
प्रतिक्रिया