कपिलवस्तु ।
कपिलवस्तु नगरपालिका–३ धनौराटोलमा करेन्ट लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । पंखामा विद्युत सर्ट भएर केरन्ट लाग्दा भारतको बिहार मुल घर भएका ५० वर्षीय प्रेम पासवानको मृत्यु भएको हो ।
संचारकर्मी मनोज श्रीवास्तवका अनुसार आफ्नो घर अगाडी भाडाको घरमा बस्ने छिमेकी पासवानको बुधबार बिहान २ बजेतिर करेन्ट लागेर मृत्यु भएको हो । घर बाहिर बरन्डामा सुतिरहेका पासवान राति अचानक पानी परेपछि पंखाभित्र लैजानेक्रममा उनलाई करेन्ट लागेको थियो ।
पासवान बिगत ६ वर्षदेखि बाजा बजाएर जीवनयापन गर्दै आएका थिए । उनको श्रीमती र एक छोरा छन् । घटना बारे प्रहरीलाई जानकारी गराइएको छैन भने शवको दाहसंस्कार समेत गरिएको पत्रकार श्रीवास्तवले बताए ।
प्रतिक्रिया