काठण्माडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको टिप्पणी गर्नु भएको छ। सभापति देउवाले विधान मिचेर पटकपटक विभागहरु गठन गरेको सम्बन्धमा ध्यानाकर्षण गराइएको तर उहाँमा विधान जति मिच्न सक्यो त्यति बहादुर र बलवान ठहर्छु भन्ने मानसिकता रहेको पाइएको टिप्पणी पौडेलले गर्नुभयो ।
बुधबार कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले विधान मिच्दा आफु बहादुर ठहर्छु भन्ने मानसिकता सभापति देउवामा देखिएको बताएका हुन् । विधान मिचेर बहादुर देखाउन खोज्ने प्रवृत्तिका कारण पार्टी प्रजातान्त्रिक हो कि होइन भन्ने खतरा बढेको पनि उहाँले बताउनु भयो ।
उहाँले देउवाले बिधान मिचेर बहादुरी देखाएको बताउनु भयो । तर त्यो बहादुरी विधानपछि पखालिने उहाँको भनाई छ । सभापति देउवालाई विधान मिच्ने बानी परिसकेको पौडेलले बताउनु भयो । आफु बहादुर हुँ भन्ने भ्रम भएकाले सभापतिले पटक पटक विधान मिचेर विभागहरु गठन गरेको टिप्पणी समेत पौडेलको छ ।
हाम्रो सभापति मैले जे गरेपनि हुन्छ भन्ने सोच्नुहुन्छ । मलाई सम्झना छ यो देशमा कानून तोड्यो भने गृहमन्त्रीले तोडछ म गृहमन्त्री भएको हुनाले मैले हो तोडने कानून भनेर बोलेर धाक लगाएर हिँड्नुहुन्थ्यो एकताका । उहाँलाई जे बोलेपनि सबैले हाँसेर लिइदिन्थे । अहिले पनि उहाँ त्यही गर्दै हुनुहुन्छ । मैले हो तोडने म त बहादुर नी भनेर यो बहादुरीले काँग्रेसलाई क्षति पुर्यायो । यो बहादुरीले प्रजातन्त्रलाई, लोकतन्त्रलाई अत्यन्त ठूलो घात गर्यो, क्षति पुर्यायो र घायल बनायो ।’उहाँले भन्नुभयो ।
पार्टीको महाधिवेशन समयमै गर्न नसके पार्टी संकटमा पर्न सक्छ भन्दै आफुले ३ वर्ष अघिदेखि कार्यतालिका बनाएर काम गरौं भनेको तर सभापति देउवाले नमानेको पौडेलले बताए ।
महाधिवेशन गर्ने समयमा असाधारण स्थिति भयो भन्दै पछाडि धकेलेको र अहिलेको असाधारण अवस्थामा गर्न लागिएको महाधिवेशनमा विधान मिच्दै महाधिवेशनलाई प्रभाव पार्न खोजेको उहाँले बताउनु भयो ।
फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले सरकारले कोरोना संक्रमण रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको पनि बताउनु भयो । काँग्रेसले सुरुदेखि नै सरकारलाई भन्दै आएको र आफुले प्रधानमन्त्रीलाई भेटेर नै लिखित रुपमा दिएको तर सरकारले तयारी नगर्दा अहिले संकट देखापरेको उहाँको भनाई छ ।
प्रतिक्रिया