९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

गोंगबु हत्याकाण्डः रक्सीमा स्लिपिङ ट्याबलेट हालेर बेहोश बनाइयो, त्यसपछि हत्या




काठमाडौं ।

गोंगबुमा आइतबार बिहान सुटकेशमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको अण्डकोषमा हानेर हत्या गरेको खुलेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर बोहोराको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीन चार वर्षअघि फेसबुकबाट चिनजान भएको जानकारी दिए। चिनजानपछि उनीहरू नजिक भए।

‘पछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका निर्वस्त्र तस्बिरहरू राख्न थालेको उनले बताएकी छन्,’ एसएसपी ज्ञवालीले भने,‘केही दिनअघि उनले कृष्णबहादुरलाई रक्सीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको र सुतेपछि अण्डकोषमा हानेर मारेको स्वीकारेकी छन्।’

सुटकेशमा शव भेटिएपछि प्रहरीले अपरेशन जो जो नाम दिएर उक्त घटनाको अनुसन्धान थालेको थियो। जो जो कुकुर हो। उसले शवको टाउको खुट्टा फेला पारेको थियो। महाशाखाका एसएसपी दीपक थापाका अनुसार हत्यापछि शव व्यवस्थापन गर्न भण्डारीले टाउको र खुट्टा काटेकी थिइन् ।

‘शव फालेर उनी माइती जान्छु भन्दै एम्बुलेन्समा चितवन गएको देखिन्छ,’ एसएसपी थापाले भने। प्रहरीले उनलाई सोमबार साँझ चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो। ‘हत्याको मुख्य कारण यौन शोषण र नांगो तस्बिर फेसबुकमा हालेको भन्ने नै देखिन्छ,’ उनले भने।

प्रकाशित मिति : २७ श्रावण २०७७ मंगलबार ००:००  १ : ११ बजे