दाङ ।
कोरोना भाइरस संक्रमित रुकुम पश्चिमकी एक महिलाले जन्माएको बच्चाको मृत्यु भएको छ । रुकुमको चौरजाहाी निवासी २८ वर्षीया ती महिलाले साउन २४ गते राति साढे ९ बजेतिर नेपालगञ्ज मेडिकलकलेज शिक्षण अस्पताल कोहलपुरमा छोरालाई जन्म दिएकी थिइन् ।
अस्पतालका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाले उपचारका क्रममा ती बच्चाको मृत्यु सोमवार विहान साढे एक बजेतिर भएको जानकारी दिए ।
३९ हप्ताकी गर्भवतीबाट शल्यक्रिया गरि जन्मिएको बच्चाको तौल २ किलो ७ ग्रामका रहेको उनले बताए ।
मृत्यु भएका बच्चाको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि पठाइएको र त्यसको रिपोर्ट मंगलबार बेलुकासम्म आउने अपेक्षा गरिएको छ ।
ती महिला भेरी प्रादेशिक अस्पताल नेपालगञ्जमा प्रसुती गराउन भनेर आएकी थिइन् । स्वाब परीक्षण गर्दा ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालले साउन २४ गते दिउँसो नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रिफर गरेको अस्पतालका उपनिर्देशक डा. कनोडियाले जानकारी दिए ।
यसअघि शिक्षण अस्पताल कोहलपुरले थप एकजना कोरोना संक्रमित महिलाको शल्यक्रिया मार्फत सफल प्रसुति गराएको थियो ।
प्रतिक्रिया