९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोरोना संक्रमणका कारण किष्ट अस्पतालमा एक महिलाको मृत्यु



काठमाण्डौँ ।
ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले ती महिलाको सोमबार बिहान ९ बजे मृत्यु भएको जानकारी गराए । उनको सोमबार कोरोना पुष्टि भएको हो । मृतक महिलाान निमोनिया तथा छातीको संक्रमण रहेको थियो ।

उनी भेन्टिलेटरमा उपचाररत थिइन् । उनी साउन २५ गते अस्पतालमा भर्ना भएकी थिइन् ।

प्रकाशित मिति : २६ श्रावण २०७७ सोमबार ००:००  ६ : ५१ बजे