९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द, निजी गाडी संचालनमा पनि रोक



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा भोलि साउन २७ गतेबाट थप कडाइ गरिने भएको छ । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि स्थिति भयावह हुन नदिनको लागि थप कडाइ गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय तौलिहवामा आज बसेको सुरक्षा संयन्त्रको वैठकले भोलिबाट थप कडाई गर्ने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।

आजको वैठकले अत्यावश्यक सेवा बाहेक अरु सबै सेवाहरु एम्बुलेन्स तथा शव बाहन सेवा, औषधी, तरकारी, दूध, किराना तथा खाद्य पदार्थको किनबेच बाहेक अरु सबै सेवा बन्द हुने पौडेलले बताउनु भयो । अत्यावश्यक पसल खुल्नको लागि पनि समय निर्धारण गरिएको छ । साउन ३२ गते गते मध्येराति १२ बजे सम्म विहान ८ देखि १० सम्म २ घण्टा मात्र ती पसल खुल्न पाउने छन् भने अन्य सबै पसल पूर्ण रुपमा बन्द हुने छन् । संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम यो निर्णय गरिएको पौडेलले बताउनु भएको छ ।

गत साउन २२ देखि ३२ गतेसम्मका लागि बैकिङ र सार्वजनिक संस्थाका सार्वजनिक कामकाज, सार्वजनिक यातायात ठप्प थिए । तर बजार र निजी सवारी साधन भने खुला रहँदा संक्रमण बढेको गुनासो थियो । त्यही गुनासोका आधारमा यस्तो निर्णय लिएको पौडेलले बताउनु भयो । अहिले नीजि सवारी संचालनमा जोर विजोर प्रणाली लागु गरिएको छ । आजको वैठकपछि अब जोर विजोर प्रणालीमा चलेका नििज सवारी पनि चल्न बन्द हुने छन् भने पूर्व पश्चिम राजमार्ग भएर चल्ने सवारीमा पनि चढ्ने र ओर्लने कार्य बन्द शुने छ ।

जिल्लामा अहिले तीव्र रुपमा कोरोनासंक्रमण दर फैलिएको छ । हिजो मात्र कपिलवस्तुमा समुदायस्तरका थप १७ जना कोरोना संक्रमित पुष्टी भएका छन् । योसंगै जिल्लामा संक्रमितको संख्या ८ सय ५७ पुगेको छ ।

No photo description available.

प्रकाशित मिति : २६ श्रावण २०७७ सोमबार ००:००  ४ : ०७ बजे