काठमाण्डौ ।
विश्वभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई करोड नाघेको छ । सोमबार बिहानसम्म विश्वका दुई करोड ३१ हजार पाँच सयभन्दा धेरैमा कोरोनाको सङ्क्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ ।
कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभर सात लाख ३४ हजार एक सयभन्दा धेरेको मृत्यु भएको छ । कोरोना सङ्क्रमण भएका मध्ये एक करोड २९ लाख चार हजारभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् ।
अहिले विश्वमा ६३ लाख ९३ हजार चार सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरुमध्ये ६४ हजार आठ सयभन्दा धेरै गम्भीर बिरामी रहेका छन् ।
चीनको हुबेई प्रान्तको वुहान शहरबाट गएको डिसेम्बर महिनाको अन्त्यबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म विश्वका दुई सय १६ देश तथा विभिन्न क्षेत्रमा पुगिसकेको विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले जनाएको छ ।
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ५१ लाख ९९ हजार चार सयभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोनाका कारण एक लाख ६५ हजार ५ सयभन्दा धेरैको मृत्यु भएको छ ।
दोस्रो धेरै प्रभावित देशमा ब्राजिल रहेको छ । ब्राजिलमा ३० लाख ३५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा एक लाख एक हजारभन्दा धेरैको मृत्यु भएको छ । तेस्रो धेरै प्रभावित रहेको भारतमा २२ लाख १५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा ४४ हजार चार सयभन्दा धेरैको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया