पर्सा ।
पर्सामा २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । हिजो ज्यान गुमाएकी महिलासहित २२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।
वीरगञ्जको नारायणी अस्पतालको पीसीआर प्रयोशालाले आज सार्वजनिक गरेको विवरणअनुसार ज्यान गुमाएकी महिलासहित २२ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।
सङ्क्रमित हुनेहरुमा १८ देखि ५० वर्ष उमेर समूहका छन् । थपिएका सङ्क्रमितमा स्वास्थ्यकर्मी समेत रहेका छन् । आज थपिएकासहित पर्सामा अब १ हजार ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया