९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

फुटबल खेलाडीहरुको कोभिड १९ परीक्षण



काठमाडौं ।
राष्ट्रिय फुटबल टिमको क्लोज क्याम्पमा बस्ने खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ । विश्वकप छनोटका लागि प्रशिक्षण सुरु गर्ने तयारीमा रहेकाका खेलाडीहरुले पाटन अस्पतालमा स्वाब दिएका हुन् ।

सोमबार ११ खेलाडी, २ अफिसियल र १२ स्टाफ गरेर २५ जनाको स्वाब दिइएको छ । बाँकी खेलाडी र अरु स्टाफको मंगलबार स्वाब संकलन गरिनेछ ।

क्याम्पमा राखिने ३४ खेलाडीसँगै कोचिङ स्टाफ, अफिसियल, होस्टल स्टाफलगायत गेरेर ७० जनाको कोभिड(१९ परीक्षण गरिने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

सरकारले भदौ १ देखि अन्तर्राष्ट्रिय खेलको लागि प्रशिक्षण गर्न मिल्ने निर्णय गरेपछि एन्फाले खेलाडीलाई मैदान फर्काएर प्रशिक्षण गराउनको लागि तीव्ररुपमा तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७ सोमबार ००:००  १ : ०८ बजे