९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

रोनाल्डोको ६ बर्षअघिको रेकर्ड तोडन् लेवान्डोस्कीलाई सजिलो



एजेन्सी ।

युभेन्ट्सका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको ६ वर्षअघि को कीर्तिमान भङ्ग हुने सम्भावना देखिएको छ ।

जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की रोनाल्डोको कीर्तिमान भङ्गको नजिक पुगेका छन् ।

रोनाल्डोले बनाएको कीर्तिमान मध्ये एकै सिजन १७ गोल गर्ने पहिलो खेलाडी पनि एक हो । जुन रोनाल्डोले स्पेनिस क्लब रियल मड्रिडबाट खेल्दा बनाएका थिए ।

सन् २०१३र१४ को सिजन रियलबाट खेल्दा रोनाल्डोले च्याम्पियन्स लिगमा १७ गोल गरेका थिए । त्यो एकै सिजन च्याम्पियन्स लिगमा एक खेलाडीले गरेको सर्वाधिक धेरै गोल हो ।

तर रोनाल्डो भने यस सिजनमा अन्तिम ८ को खेलबाट बाहिरिएपछि यो तोड्ने दाउमा लेवान्डोस्की छन् ।
च्याम्पियन्स लिगमा लेवान्डोस्कीले यस सिजन १३ गोल गरिसकेका छन् ।

अन्तिम १६ अन्तर्गतको शनिबार राति भएको दोस्रो लेगमा चेल्सीलाई ४(१ ले हराउँदा लेवान्डोस्कीले २ गोल गरेका थिए । चेल्सीविरुद्ध समग्रमा ७(१ को जितसहित बायर्न क्वाटरफाइनलमा समेत पुगेको छ ।

अब ३१ वर्षीय लेवान्डोस्कीलाई रोनाल्डोको कीर्तिमान भङ्ग गर्न ५ गोल आवश्यकता रहेको छ । बराबरी गर्न ४ गोलको आवश्यकता रहेको छ ।

यस सिजन निकै लयमा रहेको कारण उनले कीर्तिमान तोड्न सक्ने आँकलन गरिएको छ ।

जर्मन बुन्डेसलिगामा उनले यस सिजन ३४ गोल गर्दै गोल्डेन बुट समेत जितेका थिए । बायर्नले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाईसकेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७ सोमबार ००:००  ७ : ११ बजे