९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुमा आजबाट अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिँदै



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा आजबाट थप कडाइ गरिँदै छ । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि स्थिति भयावह हुन नदिनको लागि थप निर्णय आवश्यक भएकाले आज वैठक बसेर निर्णय लिइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।

आजको वैठकले अत्यावश्यक सेवा बाहेक अरु सबै सेवाहरु बन्द हुने गरी निर्णय गर्ने पौडेलले बताउनु भयो । त्यसको लागि दिउसो जिल्लाको उच्चस्तरीय वैठक डाकिएको छ । एम्बुलेन्स तथा शव बाहन सेवा, औषधी, तरकारी, दूध, किराना तथा खाद्य पदार्थको किनबेच अत्यावश्यकीय सेवाभित्र पर्दछन् ।

गत साउन २२ देखि ३२ गतेसम्मका लागि बैकिङ र सार्वजनिक संस्थाका सार्वजनिक कामकाज ठप्प छन् भने सार्वजनिक यातायात पनि बन्द छन् । तर बजार र निजी सवारी साधन भने खुला रहँदा संक्रमण बढेको गुनासो छ ।

त्यही गुनासोका आधारमा यस्तो निर्णय लिन लागिएको पौडेलले बताउनु भयो । अहिले नीजि सवारी संचालनमा जोर विजोर प्रणाली लागु गरिएको छ । यसले पनि संक्रमण बढाउन सक्ने भएकाले यसबारे पनि थप केही निर्णय हुने बताइएको छ ।

जिल्लामा अहिले तीव्र रुपमा कोरोनासंक्रमण दर फैलिएको छ । हिजो मात्र कपिलवस्तुमा समुदायस्तरका थप १७ जना कोरोना संक्रमित पुष्टी भएका छन् । योसंगै जिल्लामा संक्रमितको संख्या ८ सय ५७ पुगेको छ ।

आइतबार पुष्टी भएका संक्रमितमध्ये १२ जना ब्यापारी, ४ स्वास्थयकर्मी, र एक सुरक्षाकर्मी रहेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ । पान पसलदेखि किरानापसलसम्म कोरोना सल्केपछि स्थिति झन् खराब रहेको सरोकारवाला बताउँछन् ।

प्रकाशित मिति : २६ श्रावण २०७७ सोमबार ००:००  ६ : ४७ बजे