काठमाडौँ ।
सरकारलाई कोरोना नियन्त्रणमा प्रभावकरी कार्य गर्न माग गर्दै सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ अभियन्ता ईः ले २३ दिनका दिन अनशन तोडेका छन् ।
आइतबार बिहान उनी उपचाररत मण्डिखाटारस्थित हृयाम्स अस्पतालमा स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
स्वास्थ्य बिग्रिएपछि अनशनको १७ औं दिनमा ईः अस्पताल भर्ना भएका थिए । त्यसपछि उनले अस्पतालबाटै सत्याग्रहलाई निरन्तरता दिए ।
कोभिड–१९ को प्रभावकारी व्यवस्थापनको माग गर्दै ईः दोस्रो पटक सत्याग्रहमा बसेका हुन् । पहिलो पटक उनी र पुकार बम पाटन दरबार स्क्वायरमा अनशन बसेका थिए । सत्याग्रहको १२ औं दिन असार २२ गते सरकारसँग १२ बुँदे सम्झौता भएपछि उनीहरुले अनशन तोडेका थिए ।
प्रतिक्रिया