पर्सा ।
पर्सामा पछिल्लो समयमा कोरोनाको संक्रमण बढ्दो देखिएका बेला वीरगन्जका निजी अस्पतालले सामान्य किसिमको बिरामीको उपचारका लागि विरामी भर्ना लिन नमानेपछि वीरगञ्जवासी प्रदर्शनमा उत्रिएका छन् ।
महानगरमा रहेका निजी अस्पतालले सामान्य किसिमको बिरामीको उपचार नगरेपछि पुनः यस्तो नगर्न भन्दै वीरगन्जवासी प्रदर्शनमा उत्रिएका हुन् ।
गएको तीन दिनयता उपचारको अभावमा वीरगन्ज महानगरपालिका स्थानीय वासिन्दा तीन जनाले ज्यान गुमाएपछि महानगरबासी एकजुट भएर प्रदर्नमा उत्रिन पुगेका हुन् ।
उनीहरूले नारायणी अस्पतालको इमर्जेन्सीसहितको सबै सेवा सुचारु गर्न माग गर्दै र उपचार नै बिरामी फर्काउने अस्पताललाई कारवाही गर्न माग गरि नारायणी अस्पताल अगाडि प्रदर्शन गरेका हुन् ।
जिल्लामा पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको र नयाँ संक्रमितको संख्या निरन्तर बढिरहेकाले वीरगन्जका निजी अस्पतालले उपचार नै नगरी गेटबाट बिरामीलाई फर्काउन थालेका छन् ।
यही २१ साउनमा जिल्ला प्रशासन कार्यालय पर्साले कुनै पनि किसिमको बिरामीलाई उपचार नगरी फर्काएको पाइएमा त्यस्ता अस्पतालहरुलाई कारवाही गर्ने चेतावनी दिएको थियो ।
तर पनि जिल्लाका सबै अस्पतालले सामान्य किसिमको रोगमा उपचारका लागि अस्पताल पुगेका विरामीहरुलाई विभिन्न बहाना देखाएर फर्काउने गरेको नगरवासीको आरोप छ ।
प्रतिक्रिया