९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पार्टी एकता जोगाउन भन्दै नेकपाका ७० सांसदको हस्ताक्षर



काठमाडौ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदहरुले पार्टी एकता जोगाउनका लागि भन्दै हस्ताक्षर संकलन गरेका छन् ।

नेकपाका सांसदहरु विशाल भट्टराई, यज्ञराज सुनुवार, सुरेश राई, कृष्ण दाहाल लगायतको अगुवाइमा ७० जना जति सांसदको हस्ताक्षर संकलन गरिएको खोटाङका सांसद विशाल भट्टराईले जानकारी दिए । संकल गरेको हस्ताक्षर पार्टी नेतृत्वलाई बुझाउने तयारी भएको उनले बताए।

आजै दिउँसो २ बजे पत्रकार सिंहदरबारमा सम्मेलन गरी आफ्ना धारणा सार्वजनिक गर्ने तयारी भएको सांसद भट्टराईले जानकारी दिए ।

पत्रकार सम्मेलन पश्ताच पार्टी एकतालाई बचाउनु पर्ने आफूहरुका रायसहित करिब ७० जना सांसदको हस्ताक्षर पार्टीका दुवै अध्यक्षलाई बुझाइने उनको भनाइ छ।

सांसद यज्ञराज सुनुवार माधवकुमार नेपाल निकट रहँदै आएका छन् । सुरेश राई पूर्व माओवादी निकट हुन् भने विशाल भट्टराई र कृष्ण दाहाल ओली निकटका सांसद हुन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७ आइतबार ००:००  ११ : ५२ बजे