९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुमा कोरोनाका सक्रिय संक्रमित २० देखि २५ वर्ष उमेर समूहका बढी



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा २० देखि २५ वर्ष उमेर समूहका सबै भन्दा बढी संक्रमित भएको पाइएको छ । सो उमेर समूहका १ सय ७३ जना संक्रमित भएका छन् । यस्तै २५ देखि ३० वर्षका १ सय ४३ जना संक्रमित छन् ।

१५ देखि २० उमेरका १ सय ३३, ३५ देखि ४० का एक सय, ३० देखि ३५ उमेरका ९९ सय जना छन् । ४० देखि ४५ वर्षका ७२ जना, ४५ देखि ५० उमेरका ३६, १० देखि १५ वर्षका २२ जना, ५ देखि १० वर्षका १८ जना छन् ।

५० देखि ५५ वर्षका १७ जना, जन्मेदेखिका ५ वर्षका १५ जना, ७० वर्षमाथिका ५ जना, ५५ देखि ६० का ४ जना, ६० देखि ६५ का २ तथा ६५ देखि ७० वर्षका एक जना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७ शनिबार ००:००  ७ : ५८ बजे