गुल्मी ।
३ सय भन्दा शिक्षकहरूलाई अंग्रेजी भाषा शिक्षणका नयाँ आयाम र सीपबारे जानकारी दिन भर्चुअल तालिम प्रदान गरिएको छ ।
नेपाल इङ्लिस ल्याङ्ग्वेज टिचर्स एशोसिएशन (नेल्टा) गुल्मीको आयोजना तथा जिल्लाका १२ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाई गुल्मीको समन्वयमा ३०० भन्दा बढी अंग्रेजी शिक्षकलाई तालिम दिइएको हो ।
नेल्टा गुल्मीका अध्यक्ष कृष्णप्रसाद मरासिनीका अनुसार कोरोना भाइरसका कारण भीडभाड गर्न नहुने भएकाले भर्चुअल तालिमको आयोजना गरिएको हो ।
अंग्रेजी भाषा शिक्षणमा नयाँ आयामबारे पहिले शिक्षकहरु नै बढी जानकार हुनुपर्ने र त्यसपश्चात विद्यार्थीहरुलाई ज्ञानरसीप प्रदान गर्न सहज हुने हुनाले भर्चुअल तालिम आयोजना गरिएको नेल्टा गुल्मीका सचिव रामहरी पाण्डेले जानकारी दिनुभयो ।
भर्चुअल तालिम लिएपछि शिक्षकहरुलाई अंग्रेजी शिक्षण गर्न सहज भएको र तालिम प्रभावकारी भएको भन्दै आगामी दिनहरूमा पनि लामो अवधीको तालिम व्यवस्था गर्ने नेल्टा गुल्मीका अध्यक्ष मरासिनीले जानकारी दिनुभयो ।
प्रतिक्रिया