९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बुटवलबाट सम्पर्कविहिन संक्रमित सम्पर्कमा आए



बुटवल ।
कोरोना भाइरसको संक्रमण पोजेटिभ आएर सम्पर्कविहिन भएका २ जना संक्रमित सम्पर्कमा आएका छन्। भारतको नौतनवा पुगेर फोन सम्पर्क गरेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल इन्चार्ज केदारनाथ शाहले जानकारी दिए ।

साउन १६ गते बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा शुल्क तिरेर उनीहरुले पिसीआर परिक्षण गराएका थिए । भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थाहा पाउनासाथ फोन स्वीच अफ गरी उनीहरु सम्पर्कविहिन भएका थिए ।

संक्रमितहरुले भारतीय नम्बरबाटै आफूलाई फोन गरेको शाहले बताए । ‘उनीहरुसँग सम्पर्क हुनसाथ मैले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई जानकारी गराइसकेको छु’-उनले भने । उनीहरुलाई १४ दिनसम्म आइसोलेशनमा बस्न सुझाव दिएको उनले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७७ शनिबार ००:००  ७ : ४४ बजे