९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

समुदायमै कोरोना देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल



काठमाडौं ।
एउटै टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ । गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको काठमाडौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिए ।

संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु छन् । त्यहाँ अघिल्लो बिहीबार एक प्रहरीमा सुरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना देखिएको थियो ।

उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप पाँच जनामा कोरोना पुष्टि भएको थियो । वडा अध्यक्ष डंगोलले भने, ‘अहिलेलाई सिल गरेका छौं । भोलि मेरै अध्यक्षतामा रहेको कोभिड–१९ सम्बन्धी समितिको बैठक बसेर आवश्यक निर्णय गर्छौं ।’

प्रकाशित मिति : २४ श्रावण २०७७ शनिबार ००:००  १ : २० बजे