९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भारतको केरलामा विमान दुर्घटनामा पाइलटसहित १७ जनाको ज्यान गयो



काठमाण्डौ ।

भारतको केरलामा विमान दुर्घटना हुँदा पाइलटसहित १७ जनाको ज्यान गएको छ । दुबईबाट आएको विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिर गएपछि दुर्घटना भएको हो ।

विमानमा कोरोना सङ्क्रमणका कारण जागिर गुमाएका, भिसा अवधि सकिएका, घुम्न गएर दुबईमै अड्किएकालगायत गरी १० बालबालिकासहित १९० जना रहेका भारतीय संचारमाध्यमले जनाएका छन्।

विमानमा रहेकामध्ये १ सय ६० जना घाइते भएका छन् । उनीहरुलाई विभिन्न अस्पताल लगिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७ शनिबार ००:००  ८ : ५६ बजे