गुल्मी ।
बजार गर्न घरबाट हिँडेका ५५ वर्षीय बेगबहादुर क्षत्रीको मृत्यु भएको छ । कालिगण्डकी गाउँपालिका ४ खोक्रोकका क्षत्रीलाई पहिरोले बगाएको पुर्तिघाट प्रहरी चौकीले जनाएको छ ।
बुधबार बिहान घरबाट पुर्तिघाट बजार हिँडेका उनी साँझसम्म घर नफर्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्दै जाँदा उनको शव घिसिङ खोला किनारमा फेला परेको थियो ।
करिब १ सय मिटर माथिबाट पहिरोले बगाएर खोला किनारमा पु¥याएको थियो । शवलाई पोस्टमार्टमका लागि रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया