९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

श्रीलंकामा राजापक्षेको दललाई अत्याधिक बहुमत



एजेन्सी ।
दक्षिण एसियाली मुलुक श्रीलंकामा भएको चुनावमा राजापक्षे दाजुभाइको दलले अत्याधिक बहुमत ल्याउन सफल भएको छ ।

राष्ट्रपति गोटाबाया राजापक्षेले चुनावमा अत्याधिक बहुमत हासिल गरेको घोषणा गरेका छन् ।

यो सँगै उनका भाइ महेन्द्र राजापक्षे प्रधामन्त्री हुने सम्भाबना बलियो बनेको छ, जसले कार्यबाहकका रुपमा भुमिका निर्वाह गरिरहेका छन् ।

राजापक्षेको पार्टी श्रीलंका पिपुल्स फ्रन्टले दुई तिहाई अत्याधिक बहुमत हासिल गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

पार्टीले कुल २ सय २५ सिटमा १ सय ४५ सिट जित्न सफल भएको छ ।

९ महिना पहिला भएको चुनावमा यस दलले राष्ट्रपति चुनाव पनि जितेको थियो ।

राजापक्षे परिवारको वर्चस्व र हावि श्रीलंकाको राजनीतिमा रहँदै आएको छ ।

महेन्द्र राजापक्षे सन २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपति थिए ।

उनको पालामा नै श्रीलंकाको खतरनाक द्धन्द समाप्त भएको थियो । उनको पालामा विश्वमा खतरनाक समुह मानिने लिबरेसन टाइगर अफ तमिल इलम (लिट्टे) माथि विजय हासिल गरेका थिए ।

उनको विजयसँगै श्रीलंकाको भारत र चीनसँगको सम्बन्धमा देखापरेको उतारचढावमा पुनः एक पटक कुटनीतिक परिवर्तन आउने विश्लेषण गरिएको छ ।

कोरोना भाइरसको संक्रमणका बीच श्रीलंकामा चुनाव सम्पन्न भएको थियो ।

श्रीलंकामा हालसम्म २ हजार ८ सय ३९ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ११ जनाको निधन भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७ शुक्रबार ००:००  १ : ०७ बजे