भैरहवा ।
रुपन्देहीमा फेरि एकजना कोरोना संक्रमित सम्पर्कविहीन भएका छन् । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएका सिद्धार्थनगर–८ का २८ वर्षका पुरुष सम्पर्कविहीन भएका हुन् ।
यसअघि शनिबार सोही अस्पतालमा गरिएको परीक्षणमा बुटवल–६ ठेगाना लेखाएका ४६ र २७ वर्षका पुरुष पोजेटिभ रिपोर्ट आएलगत्तै सम्पर्क विहीन भएका थिए । पछि खोजतलास गर्दा उनीहरु सिद्धार्थनगर–४ मा बस्दै आएका खुल्न आएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए ।
उनीहरु हालसम्म पनि सम्पर्कमा आएका छैनन् । सिद्धार्थनगर–४ का वडा अध्यक्ष मुक्तिनाथ यादवले स्वास्थ्य कार्यालयबाट वडामा बस्दै आएका दुईजना कोारेना संक्रमित सम्पर्कविहीन रहेको जानकारी आएको बताए ।
प्रतिक्रिया