मायादेवी अनलाइन, चार नम्बर ।
गएको बैशाख २५ गते देखि कपिलवस्तुमा देखिन थालेका कोरोना संक्रमित साउन तेस्रो हप्तासम्म आइपुग्दा ८ सय ११ जना पुगेका छन् । स्वास्थ्य कार्यालय कपिलवस्तुको पछिल्लो विवरण अनुसार जिल्लामा ८ सय ६ जना कोरोना संक्रमित पुगेका छन् भने, बुधबार थप ५ जनामा संक्रमण देखिएपछि संक्रमितको कुल संख्या ८ सय ११ पुगेको छ ।
संक्रमितको कुल संख्या ८ सय ११ पुगेपनि ७ सय ४८ जना भने डिस्चार्ज भएका छन् । अहिले शिवराज नगरपालिका, वाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका र कृष्णनगर नगरपालिकामा गरी ६३ जना संक्रिय संक्रमित रहेका छन् ।
जसमध्ये सबैभन्दा बढी शिवराज नगरपालिकामा ४४ जना संक्रमित रहेका छन् । जसमध्ये केही दोस्रो तथा तेस्रो मुलुकबाट आएका हुन् भने अरु समुदायस्तरका रहेका छन् ।
यस्तै वाणगंगा नगरपालिकामा ७ जना, कृष्णनगर नगरपालिकामा १० जना र कपिलवस्तु नगरपालिकामा २ जना संक्रमित रहेका छन् ।
जिल्लामा ५ सय बढी कोरोनाको रिपोर्ट पखाई गरि बसेका छन् । अहिलेसम्म ९ हजार ४ सय ३४ जनाको पीसीआर विधिबाट परिक्षण भएको छ ।
प्रतिक्रिया