मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा बुधबार विहान थप ५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जिल्लाको कृष्णनगर नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको हो ।
गत साउन १८ गते लिइएको १ सय ३३ नमुना स्वाब मध्ये रिपोर्ट आउँन बाकी ९ जना मध्ये ५ जनालाई संक्रमण पुष्टि भएको हो ।
मंगलबार एकैदिन १ सय २४ जनाको रिपोर्ट आएको थियो । जसमध्ये ५ जनालाई संक्रमण पुष्टि भएको थियो ।
बुधबार रिपोर्ट आउँन बाँकी ९ जना मध्ये ५ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
जिल्लामा समुदायस्तरका कोरोना फैलिएको आशंकामा समुदायस्तरमा स्वाब संकलनको काम तीव्र पारिएको छ । जसअनुसार कृष्णनगरमा लिइएको १ सय ३३ नमुना परिक्षणमा मध्ये १० जनामा कोरोना देखिएको हो ।
कृष्णनगरमा पछिल्लो समय समुदायस्तरमा नुमना स्वाब लिने काम धमाधम सञ्चालन भैरहेको छ । भारतीय सिमा नाकाका कारण कृष्णनगर कोरोनाको उच्च जोखिममा रहेको छ । बुधबार थप ५ जना संक्रमित थपिएसंगै जिल्लामा कुल संक्रमितको संख्या ८ सय ११ जना पुगेका छन् ।
प्रतिक्रिया