८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

दुई जना कोरोना संक्रमित बुटवलबाट सम्पर्कविहिन



रुपन्देही ।
आफुलाई कोरोना संक्रमण भएको थाहा पाएपछि बुटवलबाट सम्पर्कविहिन भएका दुईजना व्यक्ति अझै सम्पर्कमा आएका छैनन् ।

कोरोना संक्रमण आशंकामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आफै गई शुल्क तिरेर स्वाव परिक्षण गराएका उनीहरु शनिवारदेखि सम्पर्कविहिन रहेका हुन् ।

अस्पतालले स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ भेटिएपछि स्वास्थ्य कार्यालयमा जानकारी गराएको थियो । स्वाव परिक्षणको लागि अस्पतालमा आएका उनीहरुले बुटवल वडा नं. ६ मा आफ्नो ठेगाना लेखाएको अस्पतालले जनाएको छ ।

कोरोना पोजेटिभ भएको थाहा पाएपछि सम्पर्कविहिन भएका उनीहरुको खोजिको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जानकारी गराईएको अस्पतालले जनाएको छ ।

यता कोरोना संक्रमित व्यक्तिसंगै बसेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी क्वारेन्टीनमा रहेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७७ आइतबार ००:००  १० : १७ बजे