८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

ओलीलाई भेटेपछि लगत्तै प्रचण्डले नेपाल लगायतका नेतासंग भेटे



काठमाण्डौँ ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपीशर्मा ओलीसँग छलफल गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयका अन्य सदस्यहरुसँग छलफल गरेका छन्।

प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।

यसअघि प्रचण्ड र खनालले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा छलफल गरेका थिए। बालुवाटारमा स्थायी समिति सदस्य सुवास नेम्वाङ पनि सहभागी थिए।

चार नेताबीच भोलि पनि छलफल हुने बताइएको छ।

प्रकाशित मिति : १८ श्रावण २०७७ आइतबार ००:००  ६ : ४५ बजे