काठमाडौं ।
कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ अभियानका अभियन्ता ‘ई’ सँग नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेट गरेका छन् ।
पार्टीका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूका साथ सत्याग्रह स्थल बसन्तपुर पुगेर आइतबार दिउँसो वरिष्ठ नेता पौडेलले ‘ई’ सँग भेट गरेका हुन् । यसअघि शनिबार ‘ई’ लाई कांग्रेस सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले छुट्टाछुट्टै भेट गरेका थिए ।
अभियन्ता ‘ई’ विगत १६ दिनदेखि दोस्रो पटक सत्याग्रहमा बसेका छन् । यसअघि उनी पहिलो पटक ललितपुरको पटनस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बसेका थिए ।
प्रतिक्रिया