बुटवल ।
एकैघरका चारजनाको ज्यान जाने गरि शुक्रबार साँझ गुल्मिमा गएको पहिरोको मुख्य कारण प्रावधिक अध्यनविना खनिएको सडक रहेको पाइएको छ ।
पहिरोमा परेर रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ५ आटिपाटा निवासी ३० बर्षकी बिना बोटेमाझी, उनका ९ र ७ बर्षका दुई छोरा र १० महिनाकी छोरीको मृत्यु भएको थियो ।
बम्घादेखी उल्लिखोला जाने खनिएको कच्ची सडकको छेउबाट खसेको ढुङ्गाले घर च्यापिएर उनीहरुको मृत्यु भएको स्थानीयले बताएका छन् । सडक खन्दा छेउमा थुपारिएको माटो र ढुङ्गा अविरल वर्षापछि घरमा खसेको हो ।
ठूलो ढुङ्गासहित माटो झरेर च्यापिएका चारै जनाको शवलाई राती नै निकालेर जनजागरण आधारभूत विद्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी जनकराज पन्तले बताए ।
मृतक बिनाका श्रीमान राजु बोटे माझी रोजगारीको लागि भारतमा रहेको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए ।
प्रतिक्रिया