७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

पेट्रोल र डिजेलको मूल्य २–२ रुपैयाँ बढ्यो



काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य २–२ रुपैयाँले बढाएको छ । प्रवक्ता विनित मणि उपाध्यायका अनुसार शनिबार रातिदेखि लागु हुने गरी मूल्य वृद्धि भएको हो ।

हाल कच्चा तेलको मूल्य, डलरको विनियम दर तथा इन्डियन आयल कर्पोरेशनबाट प्राप्त गरिद मूल्यमा समेत वृद्धि भएकाले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको उनले जनाएका छन् ।

काठमाडौंको लागि अब पेट्रोलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य ९० रुपैयाँ काम गरिएको छ । हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७ आइतबार ००:००  ५ : १६ बजे