८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

रातिमा काठमाडौं प्रवेशमा पूर्ण रोक



काठमाडौं ।
सरकारले काठमाण्डौ उपत्यका भित्रने सबै नाकामा राति आवागमनमा पूर्णरुपमा रोक लगाएको छ ।

उपत्यका भित्रिएका धेरै नागरिकमा कोरोना सङ्क्रमण भएको पाइएपछि सरकारले गए रातिदेखि नै लागू हुने गरी उपत्यका भित्रने सबै नाकामा राति आवागमनमा पूर्णरुपमा रोक लगाएको हो ।

गृह मन्त्रालयले सूचना निकालेर बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म १२ घण्टा उपत्यका प्रवेशमा रोक लगाउने निर्णय गरेको जानकारी दिएको छ ।

यस्तै काठमाण्डौ उपत्यका बाहेकका जिल्ला प्रशासन कार्यालयले पनि अत्यावश्यक काम बाहेकका लागि एक जिल्लाबाट अर्को जिल्लामा जान मिल्ने गरी दिइने गाडीको पास जारी नगर्न र पास बिनाका गाडीलाई जिल्लामा प्रवेश नदिन पनि निर्देशन दिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७ शुक्रबार ००:००  ७ : ३३ बजे