जीतपुर ।
नेपाल लाइफ इन्स्योरेन्स जीतपुर चारनम्बर उपशाखाले आर्थिक बर्ष २०७६/०७७ का नव नियुक्त एजेन्सी म्यानेजर तथा ब्यावसाय संयोजकहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
जीतपुर उपशाखाले आ.ब. २०७६/०७७ मा ५२९ बीमालेख जारी गदै आफ्नो लक्ष्य भन्दा बढीे प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको उपशाखाका प्रमुख अर्जुन भुसालले बताए ।
लकडाउनको प्रतिकुल अवस्थामा पनि जीतपुर उपशाखाले गत बर्षको तुलनामा प्रथम बीमाशुल्क आर्जनमा २.२८५ प्रतिशतले आफ्नो ब्यावसाय लाई वृद्धि गरेको भुसालले बताए ।
गत बर्ष जम्मा कुल प्रथम बीमा शुल्क आर्जन रु. २०६,७५,०००।– गरेको थियो भने आर्थिक बर्ष २०७६/०७७ मा जम्मा बीमालेख ५२९ जारी गर्दै प्रथम बीमा शुल्क कुल रु. २,११,४५,६४९÷– आर्जन गर्न सफल भएको छ ।
उपशाखाले यस बर्ष ५ जना एजेन्सी म्यानेजर र १८ जना ब्यावसाय संयोजक गरि जम्मा २३ जना ब्यावसायिक लिडरहरुको पनि उत्पादन गरेको भुसालले जानकारी दिए ।
पेशागत बिमा अभिकर्ता संघ नेपाल लाईफ ईन्सोरेन्सका पुर्व केन्द्रीय सदस्य धातानन्द भुसालको उपस्थितीमा सम्पन्न कार्यक्रममा पेशागत बिमा अभिकर्ता संघ जितपुर उपशाखाका अध्यक्ष त्रिलोचन घिमिरे, पेशागत बिमा अभिकर्ता संघ बुटवलका प्रमुख सल्लाहकार अनन्तराज रेग्मी, नवनियुक्त एजेन्सी म्यानेजर थानेश्वर घिमिरे (नबिन) बुद्धिराज आचाार्य, बिनिता भण्डारी लगायतले बोलेका थिए । कार्यक्रम कमल जैसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया