९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

साढे ५ लाख घुस रकमसहित वन कार्यालयका हाकिम अख्तियारको नियन्त्रणमा



काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय सुनसरीका प्रमुख रामबाबु साहलाई ५ लाख ५३ हजार नगदसहित पक्राउ गरेको छ । घुसबापत लिएको उक्त रकम लिएर सुनसरीबाट रौतहटतर्फ गइरहेका उनलाई इटहरीबाट खटिएको अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

अख्तियारका दुरुपयोग अनुसन्धान आयोगका अनुसार डिभिजन वन कार्यालयको बा २ झ ४१० नम्बरको सवारी साधानमा श्रीमतीसहित रौतहट गइरहेका उनले उक्त रकम सवारी साधनमा लुकाएको उजुरी परेपछि नियन्त्रणमा लिइएको हो । उनीहरुमाथि थप अनुन्धान सुरु भएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७ शुक्रबार ००:००  ६ : ३५ बजे