सप्तरी ।
सप्तरीमा एकै परिवारका ४ जनासहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजविराज ६ मा चियानास्ता पसल सञ्चालन गर्दै आएका एउटै परिवारका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरू क्रमशः ६९, २९ र २२ वर्षीय पुरूष तथा ४० वर्षीया महिला रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
उनका अनुसार राजविराज ६ कै ३० वर्षीया महिला, राजविराज ९ की ५५ वर्षिया महिला र राजविराज नगरपालिका ७ का ७० वर्षीय पुरूषमा समेत कोरोना पोजेटिभ देखिएको छ ।
गत साउन १ गते कोरोनाका कारण मृत्यु भएका ७३ वर्षीय व्यापारीको छिमेकमै रहेको चियानास्ता पसल सञ्चालन गर्दै आएका एकै परिवारका ४ जनामा कोरोना संक्रमण देखिएपछि स्थानीयमा त्रास उत्पन्न भएको छ।
प्रतिक्रिया