काठमाण्डौ ।
कोरोना भाइरस महामारीका बीच १३ औँ संस्करणको आईपीएल (इण्डियन प्रिमियर लिग) प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) मा आउँदो १९ सेप्टेम्बरपछि सुरु हुने भएको छ ।
आईपीएलका अध्यक्ष बृजेश पटेलले समाचार एजेन्सी पीटीआईलाई यसबारेमा जानकारी दिएका हुन् । प्रतियोगिताको फाइनल ८ नोभेम्बरमा हुने तय भएको छ । भारतमा कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा आईपीएल हुनेरनहुनेबारेमा अन्योल बढेको थियो ।
प्रतिक्रिया