९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रदेश ५ का केही स्थानसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह



काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले भारी वर्षा र मौसममा आउने बदलीका कारण सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै यसतर्फ सचेत हुन भनेको छ ।

विभागका अनुसार आज देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै आज राति प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७ शुक्रबार ००:००  ७ : १२ बजे