१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

चालु आवमा बुद्धभूमिका यी बैंकहरुबाट पाइने भयो सामाजिक सुरक्षाभत्ता



मायादेवी अनलाइन, चार नम्बर ।
कुनै एक बैंकलाई सामाजिक सुरक्षाभत्ताको जिम्मा दिदा बृद्धबृद्धा, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुले पैसा निकाल्दा दुःख पाइरहेका खबर बाहिरिने गर्दछन् । बैंकमा पैसा निकाल्दा लामो समयसम्म लाइनमा बस्नुपर्दा सामाजिक सुरक्षाभत्ता पाउनेहरु विरामी नै हुने गरेको घटना पनि सार्वजिनक हुने गरेका छन् । तर, कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले त्यो अवस्थाको अन्त्य गर्दै नगरभित्र रहेका सबै बैंकबाट सामाजिक सुरक्षाभत्ता वितरणको जिम्मा दिने भएको छ ।

विहीबार बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ र नगरपालिका भित्र रहेका बैंकहरुका प्रमुखबीच एक सहमती पत्रमा हस्ताक्षर भएको छ ।

चालु आव ०७७/०७८ मा सामाजिक सुरक्षाभत्ताका लागि नगरको गोरुसिंगे र इमिलिया बजारमा रहेका ८ बैंकहरुबीच नगर प्रमुख श्रेष्ठले सहमतीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

१० वडा कार्यालय रहेको बुद्धभूमिमा ८ बैंकबाट अव सामाजिक सुरक्षा भत्ता पाइने छ । विगतमा एक दुई बैंकबाट मात्र पाईदै आएको सामाजिक सुरक्षाभत्तालाई थप प्रभावकारी बनाउन नगरभित्र रहेका सबै बैंकलाई वितरणको जिम्मा दिएको नगरपालिकाका प्रवक्ता पवनकुमार थारुले जानकारी दिनुभयो ।

विहीबार भएको बैंकका प्रमुख बीच भएको सम्झौता अनुसार एनएमवी बैंक गोरुसिंगेमा वडा नं. १ का बृद्धबृद्धाले सामाजिक सुरक्षाभत्ता लिन सक्नेछन् । यस्तै कामना सेवा विकास बैंक गोरुसिंगमा वडा नं. २, तिनाउ मिसन डेभलपमेन्ट बैंक इमिलयामा वडा नं. ३ र वडा नं. ७, राष्ट्रिय वाणिज्य बैंक जीतपुरको नगरपालिकामा क्षेत्र भित्र स्थापना भएको काउण्टरमा वडा नं. ४, सांग्रिला डेभलपमेन्ट बैंक गोरुसिंगेमा वडा नं. ५, सिद्धार्थ बैंक गोरुसिंगेमा वडा नं. ६, लक्ष्मी बैंक गोरुसिंगेमा वडा नं. १० र एनआइसी एसिया बैंक इमिलियामा वडा नं. ८ र ९ का बृद्धबृद्धा, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुले सामाजिक सुरक्षाभत्ता पाउने भएका छन् ।

No photo description available.
यी बैंकबाट पाउने छ बुद्धभूमि नगरपालिकाले दिने सामाजिक सुरक्षाभत्ता ।

प्रकाशित मिति : ९ श्रावण २०७७ शुक्रबार ००:००  ६ : ५९ बजे