थानेश्वर अधिकारी, चार नम्बर ।
लोक तथा दोहोरी गायक पूर्णचन्द्र परियारको नयाँ मौलिक तीज गीत तिमीलाई पाउन हो विहीबार सार्वजनिक भएको छ ।
नेपाली महिलाहरुको महान् चाड तीज गीत नजिकिदै गर्दा गायक परियारले सो गीत बजारमा ल्याएका हुन् । गीतमा तीजको महत्वलाई झल्काइएको छ ।
गीतमा गायक परियार र भिन्न क्षमता (दृष्टि बिहिन) गायिका धना घर्ती मगरको स्वर रहेको छ । रिना बम मल्लको शब्द, जीवन परियारको लय रहेको गीतमा निशा खनाल, स्वस्तिका बेल्वासे, कृष्ण वि.क., गोविन्दले अभिनय गरेका छन् ।
मनिष पन्तको निर्देशन, छायांकन र सम्पादन रहेको गीतको नृत्य निर्देशन लोकेन्द्र शाहको रहेको छ । गीत श्रीनगर फिल्म प्रोडक्सन प्रा.लि.,बुटवल मार्फत बजारमा ल्याइएको हो ।
कपिलवस्तु जिल्लाको धार्मिक एवम् पर्यटकीय तीर्थस्थल सुपा देउरालीमा छायांकन गरिएको सो गीत सबै दर्शक तथा श्रोताहरुले हेरर सुनेर सहयोग गरिदिनु हुन गायक परियारले अनुरोध गरेका छन् ।
यस्तो छ गीत र भिडियो
प्रतिक्रिया