९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेतृ केसीले नन्दनगरको गुरुकुलममा तीन लाख बढीको भण्डारा जिम्मा लिइन्



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलबस्तुको प्रसिद्ध धार्मिकस्थल कैलाश आश्रम गुरूकुलम्मा वृक्षारोपण गरिएको छ । बाणगंगा नगरपालिकामा वडा नम्बर २ मा रहेको आश्रममा हालै १ सय ५० बिरूवाहरू रोपिएको हो ।

प्राईम लाइफ इन्स्योरेन्स बुटवल शाखा प्रमुख एव ह्यूमन केयर सोसाइटी रुपन्देहीका संस्थापक अध्यक्ष, लायन्स क्लब अफ बुटवल क्यापिटलका संस्थापक अध्यक्ष रीता केसीको संयोजकमा धुपि, सल्ला र पिपलका बिरुवाहरू रोपिएको आश्रमले जनाएको छ ।

कार्यक्रमको अवसरमा १००८ सन्त शिरोमणी ब्रह्मनिष्ट स्वामी लोकानन्द, बाणगंगा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णु पौडेल, योगाचार्य कमल पौडेल लगायतले विरुवा रोप्नु भएको थियो ।

समाजसेवी तथा महिला नेत्रृ केसीले कैलाश आश्रमको बारेमा स्वामीले बताएपछि प्रभावित भएर पहिलोपटक आई विरुवा रोपिएको बताउनु भयो । विरुवा रोपेपछि उहाँले भन्नुभयो, ‘कैलाश आश्रम साँच्चै कैलाशजस्तो रहेछ । स्वर्गजस्तो आनन्ददायक पवित्रस्थली रहेछ । यस्तो स्थानमा आई सेवा गर्न पाउँदा साँच्चिकै स्वर्ग पुगेको अनुभव भएको छ ।’

आश्रमलाई स्वच्छ, सफा र हराभरा बनाई पर्यावरणमा टेवा दिन बहुमुल्य विरुवा रोपिएको केसीले बताउनु भयो । सोही कार्यक्रमकै अवसरमा बुटवल बेलबास निवासी एकल महिला सिता आचार्यको गरिबको जीन्दगी नामक तीजगीतको भिडियो बिमोचन गरिएको छ । सो तीज गीतमा जिन्दगीका अनेक आयामको बारेमा उल्लेख छ । सो समारोहमा रुपन्देहीका उल्लेख्य दिदीबहिनीहरुको सहभागीता रहेको थियो ।

वृक्षारोपण र गीत बिमोचनपछि आयोजना भएको कार्यक्रममा समाजसेवी तथा महिला रीता केसीले आश्रममा रहेका बटुकहरुको लागि साउन महिनाभर भण्डारा लगाउने घोषणा गर्नु भएको छ । संस्कृत विश्व विद्यालयको रुपमा अगाडी बढेको आश्रममा अहिले एक सय भन्दा बढी विद्यार्थीले गुरुकुलीय पद्धतीमा अध्धयन गर्दछन् । उनीहरुको खानपान र शिक्षादिक्षामा अलिकति भए पनि सहजता पुगोस् भनेर एक महिना भण्डारा लगाउन लागेको केसीले बताउनु भयो ।

आफ्नो पहलमा अरु संघसंस्था र ब्यक्तिलाई पनि यस कार्यक्रममा संलग्न रहन प्रेरित गर्ने भन्दै उहाँले मानवताभन्दा ठुलो कुरा अरु केही नभएको बताउनु भयो । आश्रममा एक दिनमा १० हजार रुपैयाँ बराबरको खाना खर्च आउँछ । केसीले साउनभर भण्डारा लगाउँदा ३२ दिन हुन्छ । एक दिनमा १० हजारको दरले यस अवधिमा केसीेले करिब ३ लाख २० हजारको सहयोग आश्रमलाई गर्नु हुने छ । एक जना महिला बिभिन्न भूमिकामा रहेर यस्तो महत्वपूर्ण सहयोग गर्नुभएकोमा गुरुकुलमका अध्यक्षले धन्यबाद दिनुभयो ।

१००८ सन्त शिरोमणी ब्रह्मनिष्ट स्वामी लोकानन्द महाराजले आश्रमलाई सहयोग गरी मानवीय कार्य गर्ने हातहरुलाई धन्यबाद दिदै जीवन र जगत्को बारेमा केहीछिन प्रवचन दिनुभएको थियो । आश्रमलाई यो स्थानसम्म ल्याइपुर्याउन स्वामीको विशेष हात छ ।

गुरुकुलम्का संरक्षक एवम् वडाध्यक्ष विष्णु पौडेलले यस्तै दानवीरहरुको मायाले गर्दा आश्रमले निकै छोटो समयमा प्रगति गरिरहेको भन्दै धन्यबाद दिनुभयो । उहाँले अव गुरुकुलम् विश्वविद्यालयको दौडमा लागेको हुँदा बाणगंगा नगरले पनि आवशयक बजेट विनियोजन गरिसकेको बताउनु भयो । आश्रम नन्दनगरको मात्रै नभएर जिल्लाकै महत्वपूर्ण धार्मिक र पर्यटकीयस्थल बनिसकेको उहाको भनाई छ । कार्यक्रमको संचालन गुरुकुलम्का सहायक प्रधानाध्यापक युवराज बेलबासेले गर्नु भएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७७ बिहिबार ००:००  ३ : २२ बजे