९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तु प्रहरीद्धारा घरमा लुकाई राखेको ६८ बोरा अवैध केराउ बरामद



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु प्रहरीले घरमा लुकाई राखेको ६८ बोरो मटर (केराउ) बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरले जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. ३ लक्ष्मीनगरबाट उक्त केराउ बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलको कमाण्डमा खटिएको १५ जनाको टोलीले लक्ष्मीनगरका टिर्रे भनिने कमला आरखको घरमा भारततर्फ निकासीका लागि स्टोर गरि राखिएको केराउ बरामद गरेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

बरामद गरिएको उक्त केराउ कृष्णनगर भन्सार चलान गर्ने काम भैरहेको पनि प्रहरीले जनाएको छ । कपिलवस्तु प्रहरीले पछिल्लो समय नेपाल हुँदै विना भन्सार भारत निर्यात गरिदै आएको केराउमा निगरानी बढाउन थालेको छ ।

जिल्लामा प्रहरी उपरिक्षकका रुपमा नवराज अधिकारी आएसंगै अवैध पैठारी हुँदै आएको केराउ नियन्त्रणमा सक्रियता देखिएको हो । आजभन्दा एक महिना अगाडी पनि इलाका प्रहरी कार्यालय पकडीले एक ट्रक अवैध केराउ बरामद गरेको थियो । यो पनि पढ्नुहोस कपिलवस्तुका एसपी अधिकारीको अर्को एक्सन, एक ट्रक अवैध केराउ बरामद

खुल्ला सीमा नाकाका कारण कपिलवस्तुबाट अवैध तरिकाले केराउ, सुपारी लगायत तस्करी हुने गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७ बिहिबार ००:००  २ : ०९ बजे