बिष्णु कुमार आले, अर्घाखाँची ।
नुहाउने क्रममा खोलाले बगाउँदा अर्घाखाँची शीतगंगा–१४ का ५८ बर्षीय कर्ण बहादुर दर्जीको मृत्यु भएको छ ।
घर नजिकै स्थानीय बाणगंगा खोलामा नुहाउन गएका दर्जीलाई खोलाले बगाएको थियो । नुहाउन गएका दर्जीलाई खोलाले बगाएर धेरै तल पुराएको र कपिलवस्तु बाणगंगा ८ मधुवन नजिकै खोलाको किनारमा प्रहरी र स्थानियले शव विहीबार बिहान फेला पारेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी नायव निरिक्षक सालिकराम खनालले बताए ।
बुधबार दिउँसो खोलाले दर्जीलाई बगाएपछि अर्घाखाँचीको सिमलपानी प्रहरी चौकीका प्रहरी जवान र स्थानियले खोजिकार्यलाई तिव्र पारेका थिए । तर दर्जीलाई खोलाले बगाएर धेरै टाढा लगेपछि ईप्रका पिपराको प्रहरी टोलीले मधुवन नजिकै खोलाको किनारमा शब फेला पारेको हो ।
शबलाई अहिले पोष्टमाट्मका लागि जिल्ला अस्पताल तौलिहवा पठाईएको ईप्रका पिपराका प्रहरी निरिक्षक आयुश कुमार जोसीले जानकारी दिए ।
प्रतिक्रिया