९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

‘यो केटो पल्क्यो बरिलै’ तीज गीत बजारमा



मायादेवी अनलाइन, तौलिहवा ।
अहिले चर्चा र ब्यस्त रहेका लोकदोहोरी गायक खेम सेन्चुरी र अर्घाखाँचीकी उदयमान लोक दोहोरी गायिका मन्जु भट्टराईको स्वरमा रहेको ‘यो केटा पल्क्यो बरिलै’ बोलको तीज गीत बजारमा आएको छ ।

हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरी गायक सेन्चुरीले आफ्नै युट्युव च्यानलबाट २ दिन अघि मात्र गीत बाहिर ल्याएका हुन् ।

गीतमा गायक सेन्चुरी कै शब्द र लय छ । गीतमा गायक सेन्चुरी र मोडल एबं कलाकार रक्षा श्रेष्ठको अभिनय रहेको छ । गायक सेन्चुरीले तीजमा धेरै गीत आएकोमा अली गाह्रो लागेको बताएका छन् । तर उनले आफ्नो पेशागत धर्म निभाएको बताए ।

यो केटोे पल्क्यो बोलको गीत मौलिक तीज गीत रहेकोले दर्शकहरुले रुचाउने बिश्वास गरेका छन् । उता सुनको बाला, गोरखपुरे रेल लगायत आधा दर्जन गीत गाएकी गायिका भट्टराईले यो गीतमा आफुले निकै आशा गरेको बताईन ।

बिगत ५ बर्ष देखि बुटवललाई कर्मथलो बनाई गायन क्षेत्रमा लागेकी भट्टराईले यो गीतलाई दर्शकहरुmले माया गर्ने र रुचाउने आशा गरेकी छिन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७ बिहिबार ००:००  ७ : ४५ बजे