९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

हुलाकी राजमार्ग बनाउँने कार्यमा सतिसाल झै उभिए मेयर किरण सिंह



मायादेवी अनलाइन, चार नम्बर ।
अदालतको अल्पकालीन आदेश लगायत बिभिन्न कुराहरुमा चर्चा चलिरहेको बेला कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले तौलिहवा क्षेत्रको सडकमा पर्ने संरचना हटाउने कार्य कुनै हालतमा नरोकिने बताएका छन् ।

नगरपालिका मेयर सिंहले अब बाटो बिस्तारको काम कुनै हालतमा नरोकिने बताएका छन् । अतिक्रमण हटाउने कार्यमा आफै हिडेका मेयर सिंहले बर्षाको प्रतिक्षा पछि बन्न लागेको हुलाकी सडक निर्मााणको काम जसरी पनि अघि बढने बताए । ‘सडक क्षेत्रको अतिक्रमणलाई जसरी पनि खाली गराउँछौ, त्यसमा सबैले साथ दिनु पर्छ’ उनले भने ।

सदरमुकाम तौलिहवाको मुुहार फेर्ने गरी आएको यो विकासको मौकालाई आफुले त्यसै खेर नफाल्ने उनले बताए । ‘हुलाकी बाटो बन्छ नगरबासीहरु ढुक्क हुनुस्’ उनले भने ।

गत असार २५ गते प्रशासन कार्यालमया सर्वपक्षीय बैठकले गरेको निर्णयबाट अब पछि हटन नमिल्ने उनले बताए ।

उता हुलाकी सडक अन्तर्गत सडक क्षेत्रमा बनेका संरचनाहरु भत्काउने कार्यले रफ्तार लिए पछि अब भने हुलाकी सडक बन्ने पक्का भएको छ । तौलिहवाको जमुुहार नालादेखि बहादुरगंज जाने बाटो हुँदै छोटकी तौलिहवाको मस्जिदसम्म सडकमा पर्ने संरचनाहरु धमाधम हटाउन सुरु गरिए पछि सडक बन्ने पक्का भएको हो ।

सडक क्षेत्रमा पर्ने सरकारी कार्यालयको संरचना डोजर लगाएर भत्काईएको थियो । अटेर गर्नेहरुको मंगलवार फेरी डोजर लगाएर भत्काईएको छ । हुलाकी आयोजना प्रमुख ईश्वर बहादुर रिजालले सदरमुकाम तौलिहवा क्षेत्रको सडक क्षेत्रमा पर्ने २ सय ७३ मध्ये २ जना बाहेकका अरुले सबैको तोडफोड सुरु भएको छ ।

स्थानीय कालीपद शर्मा र रोहित उपाध्यायको हकमा भने उच्च अदालत तुलसीपुर बुटवल ईजलाससले साउन १२ गतेसम्मको रोक्का गर्दै छलफलका लागि बोलाएको छ । ‘अब हुलाकी सडक समयमै बन्ने जस्तो लागेको छ’ रिजालले भने ।

असोजसम्म २३ सय ४० मिटर क्षेत्र भित्र नाली र फुटपातको काम सक्ने योजनामा रहेको उनले बताए ।

उता हुलाकी सडक अन्तर्गत ५ खण्डको बाटो र चार पुलका लागि ३ अर्व ४६ करोड २ लाखका सम्झौता भईसकेको छ । सबै काम २०७९ पुस भित्र संपन्न गर्नु समायवधी तोकिएको छ । तौलिहवा क्षेत्रमा चार लेनको बाटो हुलाकी सडक अन्तर्गत तौलिहवाको जमुहारदेखि छोटकी र्ताैलिहवामासम्मको २३ सय ४० मिटर सडक चार लेनको हुने छ ।

सडकको दाँया र बाँया गरी ३० मिटरको सडक क्षेत्र हुनेछ । बाटोको दुबै तर्फ नाली र फुटपाथ रहने छ । बाटोमा हरियाली (मेडियन ) समेत राख्ने गरी डिजाइन बनाईएको छ ।

हुलाकी आयोजना प्रमुख ईश्वर बहादुर रिजाल अनुसार बिचमा मेडियन रखेर किनारमा दुई डिजाईन बनाईएको छ । यसबारे अध्ययन र छलफल गरी स्विकृत गराईने उनले बताए ।

बहादुरगंजदेखि, तिलौराकोटसम्मकै लागि साढे ७ करोड बजेट हुलाकी सडक अन्तर्गत अहिले तौलिहवा बजारमा सडक क्षेत्रमा पर्ने अतिक्रमण हटाउन लागिएको बेला बहादुरगंज जाने चौराहदेखि भिक्षुसम्मको सडक क्षेत्र समेत खाली गराउन थालिएको छ ।

हुलाकी सडक अन्तर्गत तौलिहवाको जमुहार नाला देखि छाटकी तौलिहवासम्मको २३ सय ४० मिटर क्षेत्रमा मात्र तत्कालका लागि निर्माण कार्य अघि बढाईने छ । हुलाकी मार्गमा नपरे पनि बहादुरगंज जाने बाटोको चौराहदेखि तिलौराकोटसम्म सडक निर्माणका लागि बजेट भने बिनियोजन गरिएको छ ।

बहादुरगंजदेखि भवानी भिक्षुसम्म २ करोड ९५ लाख तथा भिक्षु देखि तिलौराकोट सम्मका लागि ४ करोड ४५ लााख रुपैयाँ बिनियोजन गरिएको हुलाकी आयोजना प्रमुख तथा सडक डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वर बहादुर रिजालले बताए ।

बहादुरगंज जाने चौराह देखि तिलौराकोटसम्मको सडक स्तरउन्नतीका लागि अहिले पार्याप्त बजेट नभए पनि सडक निर्माणको सूरुवातका लागि बजेट काफी रहेको बताए । बजेटले नाली र फुटपातसम्मको काम हुने उनले बताए ।

हुलाकी सडक जस्तै चार लेनको बाटो निर्माणका लागि थप बजेट माग गरिएको उनले बताए । कपिलवस्तु नगरपालिका अनुसार जमुहारदेखि भिक्षु चोकसम्म ५ सय ८३ वटा संरचना सडक क्षेत्र भित्र परेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७ बिहिबार ००:००  ७ : ३५ बजे