९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अलपत्र यात्रुलाई खाना खुवाए पाँच सय रुपैयाँ पाइने



गुल्मी ।
कालीगण्डकी गाउँपालिकाले अलपत्र यात्रुहरुलाई खाना पकाएर खुवाए दैनिक पाँच सय रुपैयाँ दिने भएको छ । बर्खाको समयमा सडक अवरुद्ध हुँदा अलपत्र भएका र बाहिरबाट आएकाहरुलाई विद्यालय अर्थात समुदायले तोकेको स्थानमा राख्नुपर्ने भएकाले उनीहरुलाई दैनिक खाना खुवाउनेलाई पाँच सय रुपैयाँका दरले उपलब्ध गराउने वडा नं. १ हर्मीचौर वडा अध्यक्ष ठानीश्वर पाण्डेले जानकारी दिए ।

खाना पकाउन र खुवाउन सक्नेले वडा कार्यालयमा निवेदन दिनका लागि ५ दिनको समय दिइएको छ । आवश्यक पर्ने खाद्यान्न वडा कार्यलय अर्थात गाउँपालिकाले उपलब्ध गराउने छ ।

दैनिक रुपमा खाना खुवाउने र आवश्यक पर्दा उपस्थित हुन सक्नेहरुले वडा कार्यलयमा निवेदन दिन सक्ने र उनीहरुलाई दैनिक ज्याला स्वरुप पाँच सय रुपैयाँ उपलब्ध गराइने कार्यालयले जानकारी दिएको हो ।

क्वारेन्टाइनमा बस्ने र अलपत्र यात्रुहरूका लागि खाना खुवाउने मानिस नपाइएकाले यस्तो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए । बुटवल र पोखरा लगायतका स्थानमा जान लागेकाहरू र हर्मीचौर जक्सन भएको र त्यहाँ अझै धेरै यात्रुहरु अलपत्र हुने भएकाले उनीहरुलाई व्यवस्थापन गर्नका लागि समस्या देखिएकाले यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७ बुधबार ००:००  ९ : ५३ बजे