९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मुख्यमन्त्रीसँग आयल निगमका महाप्रबन्धकको भेटवार्ता



दाङ ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङमा इन्धन डिपो स्थापनाका लागि भए गरेका कामप्रति चासो व्यक्त गर्नुभएको छ । नेपाल आयल निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलसँगको भेटका क्रममा मुख्यमन्त्री पोखरेलले यस्तो चासो व्यक्त गर्नुभएको हो ।

कोटेश्वरस्थित निजी निवासमा भएको भेटका क्रममा मुख्यमन्त्री पोखरेलले तोकिएको समयसीमाभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिनुभएको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

मुख्यमन्त्रीका निजी सचिव सरोजकुमार रेग्मीका अनुसार निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलले दाङमा हवाई इन्धन डिपो राख्नका लागि हालसम्म भए गरेका कामको बारेमा मुख्यमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

भेटकाक्रममा महाप्रबन्धक पौडेलले डिपो स्थापनाका लागि टेण्डर भई ठेक्का स्विकृत भइसकेको जानकारी दिनुभएको थियो । आगामी छ महिनाभित्र निर्माण सम्पन्न गरी डिपो सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिएको मुख्यमन्त्रीका निजी सचिव रेग्मीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ श्रावण २०७७ बुधबार ००:००  ९ : ४८ बजे