काठमाण्डौ ।
कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण नोबेल पुरस्कारको वार्षिक समारोह रद्द गरिएको छ ।
६० वर्षपछि पहिलो पटक नोबेल पुरस्कार समारोह आयोजना नहुने भएको हो । यो वर्ष पनि नोबेल पुरस्कार जित्नेको नाम घोषणा गरिनेछ तर सामान्यतया १० डिसेम्बरमा हुने समारोह भने हुने छैन ।
नोबेल पाउण्डेशनका अनुसार कोरोना महामारीको अवस्थामा नोबेल पुरस्कार र समारोह नयाँ तरिकाबाट गरिनेछ ।
कोरोना महामारीको प्रकोपलाई मध्यनजर गर्दै सबैले यहीअनुसार चल्नुपर्ने फाउण्डेशनले बताएको छ ।
यसअघि सन् १९५६ मा तत्कालीन सोभियत सङ्घले हङ्गेरीमाथि आक्रमण गर्दा नोबेल पुरस्कार समारोहको आयोजना गरिएको थिएन ।
प्रतिक्रिया