९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

विद्युतीय प्रणालीमा फेरबदल पश्चात रेडियो मायादेवीको अवरुद्ध प्रशारण सुरु



मायादेवी अनलाइन, चार नम्बर ।
विद्युतीय प्रणालीमा फेरबदल गर्न समय लाग्दा ४८ घण्टासम्म अवरुद्ध हुन पुगेको सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको नियमित प्रशारण पुनः सुरु भएको छ ।

कपिलवस्तुस्थित बाणगंगा नगरपालिकाको चार नम्बर सिद्धिपुरमा कार्यालय रहेको रेडियोमा अचानक विद्युतीय समस्या आएपछि सोमबार रातिबाट प्रशारण अवरुद्ध भएको थियो ।

दुई दिनसम्मको आन्तरिक कार्य पछि बुधबार विहानबाट रेडियो पुनः संचालनमा आएको हो । रेडियो संचालनमा ल्याउन अहोरात्र मिहिनेत गर्ने इलेक्ट्रिक इन्जिनियर, प्राविधिक, प्राधिकरणका कर्मचारी सबैलाई नव छहारी सामाजिक संस्थाका अध्यक्ष नन्द किशोर शुक्लाले धन्यवाद दिनु भएको छ ।

यो बीचमा श्रोतावर्ग, विज्ञापनदाता तथा शुभेच्छुक, शुभचिन्तकप्रति पर्न गएको असुविधा र असरप्रति प्रशासन क्षमाप्रार्थी रहेको रेडियोका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपानेले बताउनु भयो ।

सामाजिक रुपान्तरणको लागि हाम्रो प्रयास भन्ने श्लोगनसहित दैनिक १८ घण्टा प्रशारण हुँदै प्रदेश ५ कै फरक धारको विद्युतीय संचारमाध्यमको रुपमा स्थापित रेडियो मायादेवीले अबको प्रशारणमा थप फरकपनको महशुस दिलाउने न्यौपानेले बताउनु भयो ।

प्रकाशित मिति : ७ श्रावण २०७७ बुधबार ००:००  १० : ०५ बजे